सप्तकोशीको बहाव यो वर्षकै उच्च, ब्यारेजका ३३ ओटा ढोका खोलियो

 असार २८, २०७६ शनिबार ११:२३:४० | सुमन पुरी
unn.prixa.net

फाइल फोटो

सुनसरी – केही दिनदेखि परेको अविरल झरीका कारण सप्तकोशी नदीमा पानीको सतह खतराभन्दा माथि पुगेको छ । 

शनिबार बिहानको मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव २ लाख ४६ हजार ८ सय ३३ क्युसेक प्रतिसेकेण्ड मापन गरिएको छ । यो यस वर्षकै अत्याधिक हो मापन हो । 

सप्तकोशीमा पानीको सतह खतराभन्दा माथि गएपछि कोशी ब्यारेजका ३३ ओटा ढोका खुला गरिएको छ । पानीको बहाव बढ्ने क्रम निरन्तर भएकाले आवश्यकता अनुसार थप ढोका खोल्न सकिने स्थानीय प्रशासनले जानकारी दिएको छ । पानीको बहाव उच्च भएपछि सप्तकोशी  ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । 

सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । सप्तकोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक पुगेपछि रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिन्छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया