मलेसियाविरुद्ध नेपाल टस जितेर ब्याटिङमा

 असार २९, २०७६ आइतबार ७:५९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले आइतबार मलेसियासँग दोस्रो टी–२० खेल्दै छ । किनरारा ओभल मैदानमा हुने खेलमा नेपाल विजयी भए सिरिज २–० ले जित्ने छ ।

मलेसियासँगको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । किनरारा ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ् गर्ने निर्णय गरेको हो । 

आइतबारको खेलमा पवन शर्राफ र अभिनाश बोहोरालाई मौका दिइएको छ । शनिबारको खेलमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरे पनि ब्याट्सम्यानकाबीचमा साझेदारी भने धेरैबेर जम्न सकेन । ओपनिङमा गएका प्रदीप ऐरी ड्रप भएका छन् । उनको स्थानमा पवन सर्राफलाई मौका दिइएको छ । भेटरान बलर बसन्त रेग्मीलाई पनि आराम दिइएको छ । युवा बलर अभिनाश बोहरा बलिङ एट्याकमा आउनेछन् ।

सिंगापुरमा हुने विश्वकप टी–२० छनोटका लागि तयारी गरिरहेको नेपाल मलेसियाबाट २० तारिखमा उता प्रस्थान गर्नेछ ।

नेपालको प्लेइङ ११ यस्तो छ :

पारस खड्का

ज्ञानेन्द्र मल्ल

पवन सर्राफ

रोहित कुमार पौडेल

शरद भेषावकर

विनोद भण्डारी

अभिनाश बोहरा

सन्दीप लामिछाने

ललित नारायण राजवंशी

सोमपाल कामी

कर‌ण केसी

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया