एमालेले लुम्बिनी प्रदेश सरकारमा पठाउने पाँच जना मन्त्रीको नाम...
बैशाख ६, २०८१ बिहिबार
बंगलादेशका पूर्व राष्ट्रपति हुसैन मुहम्मद इरशादको आइतबार एक सैन्य अस्पतालमा निधन भएको छ ।
लामो समयदेखि बिरामी रहनुभएका इरशादको ८९ वर्षको उमेरमा निधन भएको अन्तर्सेवा जन–सम्पर्क निर्देशनालयका सहायक निर्देशक राशेदुल आलम खानले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिनुभयाे ।
विपक्षी दलका नेता तथा पाँच पटक सांसद रहनुभएका इरशाद लामो समयदेखि फोक्सो र मृगौला संक्रमणलगायत अन्य कैयौँ रोगबाट पीडित हुनुहुन्थ्याे । गएको २६ जुनमा उहाँलाई सीएमएचमा भर्ना गरिएको थियो ।
इरशादले सन् १९८२ अप्रिल २४ मा तत्कालीन राष्ट्रपति अब्दुस सत्तारको सरकार अपदस्थ गर्दै चिफ मार्शल ल को रुपमा सत्ता हातमा लिँदै अब्दुल फजल मोहम्मद अहसाजुद्दीन चौधरीलाई राष्ट्रपति नियुक्त गर्नुभएकाे थियाे ।
त्यसपपछि सन् १९८३ मा उहाँ आफैँ राष्ट्रपति बन्नुभयाे । राष्ट्रव्यापी जन आन्दोलनपछि उहाँले सन् १९९० डिसेम्बर ६ मा पदत्याग गर्नुभएकाे थियाे । उहाँलाई सन् १९९१ मा गिरफ्तार गरिएको थियो र ६ वर्षपछि जमानतमा रिहा गरिएकाे थियाे ।
इरशादमाथि भ्रष्टाचारलगायतका २६ मुद्दा दर्ता गरिएका छन् । बंगलादेशको राजनीति र गठबन्धनको सरकार बनाउन इरशादको महत्वपूर्ण भूमिका रहेको छ ।