आईएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न

 असार २९, २०७६ आइतबार १८:५१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औंँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएकाे छ ।

कम्पनीका अध्यक्ष हेमराज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थपित गर्न विगत ४ वर्षमा आफनो सेवालाई देशको सात वटै प्रदेशमा विस्तार गरी ४८ वटा शाखा १९ वटा सेवा काउण्टर गरी ६७ स्थानबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

उहाँले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्ने बताउँदै भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुने धारणा व्यक्त गर्नुभयो ।

कम्पनीले अघिल्लाे आर्थक वर्षमा १५ करोड ९८ लाख खुद नाफा आर्जन गर्न सफल भएको कम्पनीले जनाएकाे छ ।


 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया