ओलीलाई थापाको आग्रह : टेम्पोको इन्जिन राखेर जेट चलाएको भन्दै घमण्ड नगर्नु

 जेठ ६, २०७५ आइतबार ७:२४:४६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

gagan thapa

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले जेट विमानमा टेम्पोको इन्जिन राखेर घमण्ड नगर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गर्नुभएको छ ।

शनिबार नेपाली कांग्रेस सैनामैना नगर समिति रुपन्देहीले आयोजना गरेको नगरसभाको उद्घाटन गर्दै थापाले अंक गणितको धाक लगाउँदैमा कांग्रेस बिचलित नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले कांग्रेसलाई होच्याउन समय खर्चेर अधिनायकवादी चरित्र प्रर्दशन गरिरहेको पनि आरोप लगाउनुभयो । 

उहाँले राणा शासन र राजासँग लड्दै र पराजित गर्दै आएको इतिहासलाई स्मरण गर्दै नेपाली कांग्रेसले नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टिलाई अर्को चुनावमा पराजित गर्ने दावी गर्नुभयो ।

थापाले एमाले र माओवादी केन्द्रको एकता गराउन बैठक बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीले पदीय गरिमा र मर्यादाको अवमूल्यन गरेकोसमेत आरोप लगाउनुभयो । उहाँले राष्ट्रपति पदको मर्यादा र गरिमाको उच्च सम्मान र ख्याल गर्नसमेत आग्रह गर्नुभयो ।  

अन्तिम अपडेट: चैत १३, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया