मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका अस्थायी शिक्षकमाथि लाठीचार्ज

 साउन १, २०७६ बुधबार १५:२२:३९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - जनकपुरमा आन्दोलनरत शिक्षकहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेकाे छ । बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि शिक्षकहरुले चक्काजाम गरेपछि प्रहरीसँग झडपसमेत भएको छ ।  

प्हररीले शिक्षकहरुमाथि लाठीचार्ज साथै धडपकडसमेत गरेकाे छ । त्यस क्रममा शशिकला भट्टराई, जुरनी मण्डल, रेखा कापड, किरण यादव, मुकेश तिवारी, आनन्द चौरसिया, सलिम अन्सारीलगायतका शिक्षक शिक्षिकाहरुलाई  प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्रकुमार यादवले मुख्यमन्त्री लालाबाबु राउतको निर्देशनमा आफूहरुमाथि लाठीचार्ज र धरपकड भएको आरोप लगाउनुभयो ।

अस्थायी शिक्षकहरुलाई पूर्ववत रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टी र औषधि उपचारको व्यवस्थाको माग गर्दै उनीहरु गएकाे असार १९ गतेदेखि विभिन्न मागसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना बस्दै आएका छन् ।

माग पूरा नभएपछि सडक जाम गर्न उत्रेका शिक्षकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो । मुख्यमन्त्री समेत धर्नास्थलमा आएर समस्या समाधान गर्ने आश्वासन दिए पनि अहिलेसम्म कुनै पहल नगरेकाले बाध्य भएर सडक जाम गरेपछि मुख्यमन्त्रीको निर्देशनमा उल्टै आफूहरुमाथि प्रहरीले लाठीचार्ज गरेको आन्दोलनरत  शिक्षकहरुको भनाइ छ ।  

जीवनको महत्वपूर्ण समय देशको शिक्षा क्षेत्रमा बिताएको र बुढेसकालमा सरकारले आफूहरुको रोजगारी खोसेको उनीहरुले दु:खेसो पोखेका छन् ।

संघीय सरकारको गलत नीतिका कारण प्रदेश २ का झण्डै १ हजार २ सय शिक्षकको रोजगार खोसिएको समितिका संयोजक धमेन्द्र कुमार यादवले गुनासो गर्नुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • अनिलकुमार लाल

    July 17, 2019, 8:10 p.m.

    अस्थायी शिक्षक प्रति सरकारी पक्ष लगायतले पुर्वाग्रह राख्दाको परिणाम हो। सत्र बर्ष सम्म आयोग नखोली सरकार र अस्थायी शिक्षक बीच विभिन्न सम्झौता गर्दै लागु नगर्नुको परिणाम हो।विभिन्न समयमा अदालतले गरेको आदेशको पालना नगर्नको परिणाम हो। शिक्षा एन(सातौ) लाई छलेर शिक्षा एन(आठ) अनुसार विभिन्न समुहमा बिभाजन गरि परीक्षा फर्म भर्न लगाई पटक पटक परीक्षा स्थगित गर्दै शिक्षा एन(नव) सन्शोधन गरि परीक्षामा असफल भए स्वत: अवकाशको व्यवस्था राख्दा आमरण अनशन आन्दोलन जारी रहेको अवस्थामा २२ दिन समय राखेर परीक्षा मिति तोकियो, आन्तरिक को नाममा खुलाको प्रश्न पत्र दियो, पाठ्यक्रम बाहिरको प्रश्न पत्र(मा वि बिज्ञान, गणित, नि मा बि बिज्ञान, गणित इत्यादि) दियो, परीक्षा परिणाम त्रुटिपूर्ण रहयो। सन्सारको कुन परिक्षणबाट प्रश्न पत्र तयार गरियो जसले अस्थायी शिक्षकलाई असफल वा अयोग्य भन्ने अधिकार यो सरकारलाई दियो? उमेर ४० बर्ष मुनि हुने अस्थायी शिक्षकले खुलामा नाम निकालेर आफ्नो योग्यताको प्रमाण दिसकेको छ। हाल उमेर हदको कारणले अस्थायी शिक्षक र तिनि माथी निर्भर परिवारको बिचल्ली भएको छ। के अस्थायी शिक्षकको अभिभावक यो सरकार होईन ? तसर्थ अस्थायी शिक्षकलाई सेवाको निरन्तरता संगै उमेरको हदबन्दी हटाइ पुनः पुनः परीक्षाको मौका दिनुपर्छ, सुबिधा रोज्ने अस्थायी शिक्षकलाई परीक्षाको अन्तिम परिणाम आएको मिति सम्मको सेवा अबधि गणना गरि ओषधि उपचार खर्च समेत उपलब्ध गराउनु पर्छ। सुबिधाको नाममा कात्रो किन्ने पैसा बाडेर सरकारले नाक नफुलाए हुन्छ। उमेर नाघेको अस्थायी शिक्षकलाई सम्पुर्ण सरकारी अबसर बाट बन्चित गर्दै फौजदारी अपराधी सरहको अवस्थामा पुर्याउनु कहाँको न्याय हो? के अस्थायी शिक्षक शिक्षण पेसामा लागेर अपराध गर्‍यो ? के अस्थायी शिक्षकले द्वन्द्व कालमा ज्यानको पर्वाह नगरी, अरु पेसा नरोजी देशको हरेक क्षेत्रमा शिक्षा दिने काम जारी राखेर अपराध गर्यो? गुणस्तरको प्रश्न गर्छ । चाहिने बेलामा नियम पुर्याएर अस्थायी नियुक्ति गरेको होईन ? छ महिनाको लागी मात्र थियो रे भन्दै सम्पूर्ण दोष अस्थायी शिक्षकलाई मात्र दिन मिल्छ? निरन्तर मुल्यांकन प्रणाली, स्वत: कक्षा ७ सम्म पास र त्रुटिपूर्ण अक्षरान्कन प्रणाली कसले किन ल्यायो? सरोकार वालाले आफ्नो कमजोरी लुकाउन अस्थायी शिक्षकलाई बलि दियो। पशुपतिनाथले सबैको न्याय निसाफ अबस्य गर्ने छन। अस्थायी शिक्षक र तिनका आशृत परिवारको आसु व्यर्थ जादैन।

  •  0 Reply

तपाईको प्रतिक्रिया