प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
अर्घाखाँची - शीतगंगा नगरपालिकामा रक्सी पिएर मातिएका ज्वाइँले सासूको हत्या गरेका छन् ।
दाङ जिल्लाकाे राप्ती गाउँपालिका घर भएका २९ वर्षीय वसन्त कुमालले ससुराली आएका बेला अर्घाखाँची शीतगंगा-८, सातमारा बस्ने सासू ४३ वर्षीय ईन्द्रा कुमाललाई घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।
माइतीमा रहेकी श्रीमतीलाई लिन असार २९ गते ससुराली आएका आराेपित वसन्तले सोमबार राति सासूसँगै बसेर रक्सी पिएकाे र त्यसै क्रममा झगडा हुँदा घाँटीमा डोरीले कसेर हत्या गरेपछि भान्साकोठामा बारेको बाँसको चिरपटमा सासूलाई झुन्डाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीका अनुसार सासूको हत्यापछि आराेिपत कुमालले सासू झुन्डिएको भन्दै गाउँलेलाई बोलाएकाे र गाउँलेहरु आइपुग्दा कुमाल भागेर नजिकै आफन्त कहाँ लुकेर बसेका थिए।
इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक गणेश बहादुर नरालको नेतृत्वमा गएको प्रहरीको टोलीले अभियुक्त कुमाललाई पक्राउ गरेको छ । प्रहरीले अभियक्त कुमाललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।