काठमाण्डौको केशर महलमा टिप्परसँग स्कुटर ठोक्कियो : एक जनाको ज्यान गयो

 साउन ४, २०७६ शनिबार ७:३१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

सांकेतिक तस्बिर

काठमाण्डौ – काठमाण्डौको केशर महल चोकमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा स्कुटर चालकको ज्यान गएको छ । दुर्घटनामा परि एक जना घाइते भएका छन् ।

शुक्रबार राति केशर महल चोकमा रोकिराखेको ना ३ ख ७५६१ नम्बरको टिप्परमा बा ९२ प ६५ ६५ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका स्कुटर चालक काठमाण्डौ बुढानीलकण्ठका ३५ वर्षीय सञ्जय ठकुरीको उपचारको क्रममा शनिबार बिहान नेसनल अस्पताल कलंकीमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते ठकुरीलाई ट्रमा सेन्टरबाट नेसनल अस्पतालमा लगिएको हो । यस्तै स्कुटर पछाडि बसेका कलंकीका विशाल लुइँटेलको अहिले ट्रमा सेन्टरमै उपचार भैरहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया