महोत्तरीको भप्सी खोलामा फेरि बाढी, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

 साउन ४, २०७६ शनिबार ७:५९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी खण्डमा अहिले गाडी चल्न सकेका छैनन् ।

महोत्तरीको बर्दिवासमा भप्सी खोलामा बनाइएको अस्थायी डाइभर्सनमा बाढी आएपछि अहिले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ । गएको हप्ता आएको बाढीले भप्सीखोलाको पुल बगाएपछि अस्थायी डाइभर्सन बनाएर गाडी चलाइएको थियो । तर शनिबार बिहान ७ बजेतिर बाढी आएपछि अहिले दुईतर्फ नै गाडी रोखिएका हुन् ।पानीको बहाव घटेपछि मात्रै गाडी चलाउन दिने प्रहरीले जनाएको छ । 

त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ पांग्रेभिरमा पहिरो झरेपछि मेची राजमार्गमा पनि गाडी चलेको छैन । ठूलो पहिरो खसेकाले पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाण्डौबाट फाखेल र सिस्नेरी हुँदै हेटौंडा जाने छोटो बाटो खुलाउन अझै समय लाग्ने भएको छ । विभिन्न ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले समय लाग्ने देखिएको सडक विभागले जनाएको छ ।

यस्तै, हेटौंडा–काठमाडौ जोड्ने कान्ति लोकपथमा पनि गाडी चल्न सकेको छैन । मध्यपहाडी लोकमार्गको खुरकोट–घुर्मी सडकमा भने गाडी चल्न थालेका छन् । अरु बाटोमा राम्ररी नै गाडी चलेका प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया