तेल बाेकेकाे बेलायती पानी जहाज इरानकाे कब्जामा, बढ्याे तनाव

 साउन ४, २०७६ शनिबार १३:५९:१९ | एजेन्सी
unn.prixa.net

बेलायतका विदेशमन्त्री जेरेमी हन्टले तेल बाेकेकाे बेलायती पानी जहाज इरानले नियन्त्रणमा लिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । 

होरमुजको खाडीबाट तेल बाेकेकाे बेलायती पानी जहाज स्टेना इम्पेरो इरानले नियन्त्रणमा लिएको थियो । विदेशमन्त्री हन्टले इरानको यो कदमको कडा जवाफ दिने बताएका छन् । 

इरानले नियन्त्रणमा लिएको बेलायती जहाजमा ३ जना मानिसहरु पनि सवार थिए । इरानले भने बेलायती पानी जहाजले अन्तर्राष्ट्रिय समुद्री नियमको पालना नगरेको आरोप लगाएको छ ।

यो घटनापछि यी दुई देशबीच तनावको स्थिति सिर्जना भएको छ । इरानले बेलायतको अर्काे जहाज पनि नियन्त्रणमा लिएको थियो तर पछि त्यो जहाजलाई छोडिदिएको थियो । 

बेलायती विदेशमन्त्री हन्टले इरानको यो कदमले गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् । उनले भने, ‘यसलाई कुनै पनि हालतमा स्वीकार्न सकिँदैन । जल परिवहनको स्वतन्त्रता कायम राख्नुपर्छ । हामी इरानलाई सोचेर जवाफ दिनेछौँ । यदि यो स्थिति नसुध्रिएमा इरानले गम्भीर परिणाम भोग्न बाध्य हुनुपर्छ । 

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको साथ दिँदै इरानको यो कदमको आलोचना गरेका छन् ।   

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया