न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
तपाईं हिजोआज वीर अस्पताल पुग्नुभएको छ ? पुग्नुभएको छ भने तपाईंले पक्कै पनि वीर अस्पतालको रुप फेरिएको पाउनुभएको होला । अस्पतालमा भित्तामा धमाधम रंगरोगनको काम भैरहेको छ । शौचालय पहिले भन्दा सफा भैसकेका छन् ।
सामाजिक अभियन्ता एवं कलाकार सिताराम कट्टेल धुर्मुसको अगुवाईमा अस्पतालमा रंगरोगन तथा मर्मतको काम भैरहेको हो । धुर्मुस सुन्तली फाउन्डेसनलाई अरु संघसंस्थाले पनि सहयोग गरेका छन् । तर अहिले आफ्नै खर्चमा काम भैरहेको धुर्मुसले जानकारी दिए ।आर्थिक सहयोग जुटाउने पहल भैरहेको उनको भनाई छ ।
दिनरात नै काम भैरहेको धुर्मुसले उज्यालोलाई जानकारी दिए । ‘छिटो काम सक्नुपर्नेछ, त्यसैले राति पनि यहीँ हुन्छु’ उनले भने ।
सुरुमा सफाई अभियान लिएर अस्पताल आउँदा यहाँको अवस्था देखेर आफूले रंगरोगनको काम थालेको उनले बताए । अबको केही दिनमै वीर अस्पतालको रुप फेरिने उनको भनाई छ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।