दिल्लीकी पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेतृ शीला दीक्षितकाे निधन

 साउन ४, २०७६ शनिबार १७:१२:५५ | एजेन्सी
unn.prixa.net

दिल्ली कांग्रेसकी अध्यक्ष, पूर्व मुख्यमन्त्री तथा पार्टीकी वरिष्ठ नेतृ शीला दीक्षितको निधन भएको छ । 

झण्डै एक हप्तादेखि बिरामी रहेकी ८१ वषीया दीक्षितलाई शनिबार बिहान एस्कार्ट्स फोर्टिस अस्पतालमा भर्ना गराइएको थियो । अस्पतालका निर्देशक डाक्टर अशोक सेठका अनुसार नेपाली समय अनुसार अपरान्ह तीन बजे मुटुमा समस्या आएपछि दीक्षितलाई भेन्टिलेटरमा राखिएको थियो । र उनको उपचारकै क्रममा निधन भएको अस्पताल प्रशासनले जनाएको छ । 

उनलाई 'प्यारी दादी' को रुपमा पनि चिनिन्थ्यो । उनको निधन दिल्लीवासीका लागि मात्र नभइ भारतीय कांग्रेस पार्टी र गान्धी परिवारका लागि पनि ठूलो क्षति भएको बताइएको छ । ३५ वर्षे राजनीतिमा दीक्षित केरलको राज्यपाल पनि रहेकी थिइन् । उनले सन् १९८८ देखि २०१३ सम्म राष्ट्रिय राजधानी दिल्लीको मुख्यमन्त्रीको पद सम्हालेकी थिइन् । 

उनको निधनलाई लिएर पार्टीले खेद प्रकट गरेको छ । आफ्नो जीवनकालमा कांग्रेस नेतृ र तीन पटक दिल्लीकी मुख्यमन्त्री रहेकी दीक्षितले दिल्लीको अनुहारमा नै परिवर्तन ल्याएकी थिइन् । 

अन्तिम अपडेट: चैत २१, २०८०

1 Comments

  • लिलानाथ पगेनी

    July 20, 2019, 6:31 p.m.

    मृत आत्माले शान्ति पाओस।

  •  0 Reply

तपाईको प्रतिक्रिया