श्रीलंका सिरिज अगाडि बंगलादेशकाे कप्तान परिवर्तन: माेर्तजाकाे सट्टा तमिम इकबाल

 साउन ४, २०७६ शनिबार १८:५९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशले श्रीलंका सिरिज अगाडि टिमको कप्तान परिवर्तन गरेको छ ।

विश्वकपमा कप्तानी गरेका माश्रफे मोर्तजाकै कप्तानीमा यसअघि श्रीलंकाविरुद्धको सिरिजका लागि टिम घोषणा गरिएको थियो । तर मोर्तजा घाइते भएपछि तमीिम इकबाललाई कप्तान बनाइएको हो ।

मीरपुरमा भइरहेको ट्रेनिङमा मोर्तजा घाइते भएपछि इकबाललाई अन्तरिम कप्तानको रुपमा श्रीलंका पठाइएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ । यस सिरिजमा शाकिब अल हसन र लिटन दासलाई विश्राम दिइएकाले पनि इकबालले कप्तानी गर्न लागेका हुन् ।

यसैगरी अर्का अलराउण्डर शैफुद्दिन पनि घाइते भएकाले उनी पनि श्रीलंका जान पाएका छैनन् भने माेर्तजा र शैफुद्दिनको ठाउँमा तास्किन अहमद र फरहाद राजालाई टिममा बोलाइएको छ । बंगलादेशले श्रीलंकाका तीन वटा एक दिवसीय खेल खेल्नेछ ।

तीन वटै खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुनेछ । बंगलादेश टिममा तमिम इकबाल (कप्तान), सौम्य सरकार, मोहम्मद मिथुन, अनामुल हक, मुश्फिकुर रहlम, महमुदुल्लाह, मोसाद्देक हाेसन, सबीर रहमान, फरहाद राजा, मेहिदी हसन, मुस्तफिजुर रहमान, रुबेल हुसेन, तास्कीन अहमद र तैजुल इस्लाम रहनेछन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया