टी–२० विश्वकप एसिया फाइनल क्वालिफायर: नेपाली टाेली सिंगापुर पुग्याे

 साउन ४, २०७६ शनिबार २०:१७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–२० विश्वकप एसिया फाइनल क्वालिफायर खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सिंंगापुर पुगेको छ ।

मलेसियामा १० दिनको तयारीपछि नेपाली टोली शनिबार उतैबाट सिंगापुर गएको हो । सिंगापुरको मौसममा अभ्यस्त हुन लागि पहिला नै मलेसिया गएको नेपालले त्यहाँ दुई खेलको टी–२० सिरिज समेत खेलेको थियो । मलेसियासँग दुई वटै खेल जित्दै नेपालले पहिलो पटक टी–२० सिरिज क्लिन स्वीप गर्ने कीर्तिमान पनि बनायो ।

सिंगापुर र मलेसियाको मौसम उस्तै भएकोले नेपालले यसपटक मलेसियामा तयारी गरेको हो । सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकपको लागि दोस्रो चरणको खुड्किलोको रुपमा एसियाको फाइनल राउण्डको क्वालिफायर यही जुलाई २२ देखि २८ तारिखसम्म हुँदैछ । जसमा एसियाका ५ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

राउण्ड रोबिन लिगको आधारमा हुने खेलपछि शीर्ष स्थानको टोली युएईमा अक्टोबर–नोभेम्बरमा हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । नेपालको एक मात्र लक्ष्य पनि त्यही छ ।

छनोट खेलमा नेपालसहित कतार, मलेसिया, कुवेत र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेलमा २३ तारिखमा कतारसँग प्रतिस्पर्धा गर्ने छ भने २४ तारिखमा मलेसियासँग खेल्ने छ । २७ तारिखमा कुवेत र २८ तारिखमा घरेलु टोली सिंगापुरसँग  खेल्ने छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया