लण्डन म्याराथन दौड प्रतियोगितामा नेपालबाट कुशल दीक्षित छनोट
बैशाख ८, २०८१ शनिबार
दाङ - घोराही उपमहानगरको कुइने भन्ने ठाउँमा खाल्डोमा जम्मा भएको पानीमा डुबेर तीन जनाको ज्यान गएको छ ।
आइतबार बेलुकी खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातखुट्टा धुन गएका बेला डुबेर ३ महिलाको ज्यान गएको वडा न १८ का अध्यक्ष भरत अर्यालले जानकारी दिनुभयाे । सुरुमा एक जना महिला हातखुट्टा धुने क्रममा खाल्डोमा डुबेको र उनलाई तान्ने क्रममा अन्य दुई महिलाको समेत डुबेर ज्यान गएको बताइएकाे छ ।
डुबेर ज्यान जानेहरुमा अमृता बिक, झरना बिक र बसन्ता बिक रहेको वडा प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ ।मृतकहरुलाई पाेस्टमार्टमका लागि घोराही ल्याइँदै छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।