पाँचथरमा निर्माणधीन पार्कको छत खस्दा २ जनाको ज्यान गयो, एक जना घाइते

 साउन ६, २०७६ सोमबार ११:१३:३८ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पाँचथरको हिलिहाङ गाउँपालिका–७ टारी भन्ने स्थानमा निर्माणाधीन यलम्बर पार्ककाे छत झरेर किच्दा दुई जनाको ज्यान गएकाे छ ।

सोमबार बिहान ८ बजेको समयमा पार्कको छत खस्दा ५० वर्षीय जगत राई र ५१ वर्षीय रुद्र राईको ज्यान गएको हो ।

हिलिहाङ गाउपालिको लगानिमा निर्माणाधीन पार्कको ढलान सकेर काठ निकाल्ने क्रममा छत झरेर किच्दा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।

छतले किचेर वीरबहादुर राई घाइते भएका छन् । उनको जिल्ला अस्पताल पाँचथरमा उपचार भैरहेको छ ।  

छतले किचेकाे शवलाई स्थानीयको सहयोगमा प्रहरीकाे टाेलीले बाहिर निकालेकाे छ । २० दिनअघि नै छत ढलान गरिएको भए पनि गुणस्तरीय नहुँदा छत झरेकाे स्थानीयले बताएका छन् ।   

अन्तिम अपडेट: चैत ९, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया