लमजुङको च्याम्चेमा जीप दुर्घटना : चालकको ज्यान गयाे

 साउन ९, २०७६ बिहिबार १५:१४:२१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चेमा  जीप दुर्घटना हुँदा चालकको ज्यान गएकाे  छ ।

ग १ ज ६७८६ नम्बरको जीप सडकबाट भण्डै २ सय मिटर तल खस्दा तनहुँको व्यास नगरपालिकाका अन्दाजी ३२ वर्षका जीप चालक धनबहादुर आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जीप बुधबार राति ११ बजे खसेको हो । जीप सडकबाट झण्डै २ सय मिटर तल जीप चालक नदी किनारमा खसेको छ । जीपमा चालक मात्रै रहेको पनि प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक पाण्डेका अनुसार घटनास्थलमा बाहुनडाँडा प्रहरी चौकी र जिप्रकाबाट गएको प्रहरी टोली छ ।

लमजुङ र मनाङको सीमाना म्यार्दीखोलाबाट जगत आउँदै गरेको जीप जीप चालक नदीमा खसेको स्थानीयले बताएका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया