धनुषामा करेन्ट लागेर बाबुछोराको ज्यान गयो

 साउन ११, २०७६ शनिबार १०:५९:४० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - धनुषामा करेन्ट लागेर बाबुछोराको ज्यान गएको छ ।

कमला नगरपालिका-१, मंगराहाका ४५ वर्षीय राजेन्द्र मण्डल र उहाँका २२ वर्षीय छोरा धमेन्द्र मण्डलको शुक्रबार बेलुका करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय शहीदनगर यदुकुहाका अनुसार बुबा छोरा खेतमा काम गर्न गएको बेला खसेको बिजुलीको तारमा करेन्ट लागेर दुवै जनाको ज्यान गएको हो ।

करेन्ट लागेर सिकिस्त भएका दुवैजनाको उपचारका क्रममा जनकपुरमा गएको प्रहरीले जनाएको छ । बुबाछोराको शवलाई पोस्टमर्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जिल्ला  प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया