मंगलबार सबै विदेशी मुद्राको भाउ घट्यो

 साउन १४, २०७६ मंगलबार १०:३५:४६ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११० रुपैयाँ २८ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा तोकेको थियो । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २४ पैसा र बिक्रीदर २९ रुपैयाँ ४० पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २९ रुपैयाँ ४७ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको थियो । हिजो सोमबार खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३० रुपैयाँ ०२ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ  ९३ पैसा र बिक्रीदर ३० रुपैयाँ १० पैसा थियो । 

आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५९ पैसा र बिक्रीदर २६ रुपैयाँ ७३ पैसा थियो । हिजो खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८३ पैसा रहेको थियो ।

मंगलबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा थियो। 
कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ १८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ १५ पैसा रहेको छ । हिजो खरिददर ३६० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७४ पैसा थियो । 

बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ९२ पैसा र बिक्रीदर २९२ रुपैयाँ ५१ पैसा छ । हिजो खरिददर २९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर २९३ रुपैयाँ २२ पैसा रहेको थियो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया