ज्वाइँले गरे जेठानको हत्या

 साउन १५, २०७६ बुधबार ८:४८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – खेतमा पानी लगाउने विषयमा झगडा हुँदा गुल्मीको मुसिकोट नगरपालिकामा ज्वाइँले जेठानको हत्या गरेका छन् ।

मुसिकोट नगरपालिका–३ तोलादिको नौघाटमा ४५ वर्षीय लक्ष्मण कुमालले आफ्नै जेठान ४९ वर्षीय मतिलाल कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपकुमार बस्नेतले जानकारी दिनुभयो ।

जेठानको हत्या गरेपछि कुमाल आफैँ प्रहरी चौकीमा गएर आफूले हत्या गरेको जानकारी गराएका थिए । 

पानीको विवादका क्रममा झडप हुँदा हत्या भएको भनिए पनि हत्याको कारण अरु नै हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया