बंगलादेशविरुद्धको एक दिवसीय सिरिज श्रीलंकाद्वारा क्लिनस्वीप

 साउन १६, २०७६ बिहिबार ६:२७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशविरुद्धको एक दिवसीय सिरिज श्रीलंकाले क्लिनस्वीप गरेको छ । बुधबार भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा श्रीलंका १२२ रनले विजयी भएसँगै ३–० ले सिरिज जितेको हो ।

घरेलु टोली श्रीलंकाले बंगलादेशलाई २९५ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९४ रन बनाएको थियो । श्रीलंकाका लागि एन्जेलो म्याथ्यूजले सर्वाधिक ८७ रन बनाउँदा कुशल मेन्डिसले ८४ रनको पारि खेले । डिमुथ करुनारत्नेले ४६ तथा कुशल परेराले ४२ रन जोडे ।

बंगलादेशका सफिउल इस्लाम र सौम्य सरकारले तीन–तीन विकेट लिए । २९५ रनको लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ३६ ओभरमा १७२ रन बनाउँदा अल आउट भयो । बंगलादेशका सौम्य सरकारले सर्वाधिक ६९ रन बनाउँदा तेजुल इस्लामले नट आउट ३९ रनको पारि खेले ।

बंगलादेशका सात जना खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशलाई सस्तैमा समेट्न दासुन सनकाले तीन तथा कसुन रजिथा र लिहरु कुमाराले दुई दुई विकेट लिए ।
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया