मकवानपुरमा ३ ओटा एनसेल टावरमा आगजनी

 साउन १६, २०७६ बिहिबार १६:१८:२१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरकाे विभिन्न तीन स्थानमा रहेका एनसेल टावरमा आगजनी भएकाे छ । 

बुधबार राति मकवानपुरकाे थाहा नगरपालिकाको गुफाडाँडा, आग्रको चिसापानी डाँडा र थाहा नगरपालिकाकै शिखरकोटमा रहेको टावरमा आगजनी भएकाे हो । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाको बन्द सकिएको केही समयमा नै आगजनी भएको प्रहरीले जनाएको छ । एनसेल विरुद्ध देशव्यापी रुपमा सशक्त आन्दोलन गर्दै आएको विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

टावरमा आगजनी भएपछि एनसेलका प्राविधिकहरु क्षति बारे बुझ्नको लागि घटनास्थलमा पुगेकाछन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया