दाेलखा पहिराे: दुई जना सम्पर्कविहीन, ९ घर जाेखिममा

 साउन १८, २०७६ शनिबार ११:४८:४३ | उषा तामाङ
unn.prixa.net

दोलखा - दोलखाको गौरीशंकर गाउँपालिका-१ मा खसेको पहिरोले १० वटा घर भत्काएको छ भने दुई  जना सम्पर्कविहीन भएका छन् ।

शुक्रबार राति साढे ११ बजेतिर गौरीशंकर गाउँपालिका-१, झगडेमा पहिरो खसेर घर भत्कँदा आफन्तकोमा गएका जगतबहादुर खत्री र पहिरोपछि उद्दार गर्न पुगेका गौरीशंकर गाउँपालिका २ जुगुका निशान खड्का सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घरमा रहेका अरुले भने भागेर ज्यान जोगाएका छन् ।

पहिरो झरेपछि जुगुखोलामा बाढी आएको छ । बाढीले यात्रुसहित गुडिरहेको बस बगाउन खोजेपछि उद्धार गर्न पुगेका निशान खड्का बेपत्ता भएका प्रहरीले जनाएको छ । उद्धारकै क्रममा हराएका स्थानीय तेजबहादुर खड्का भने सम्पर्कमा आएका गौरीशंकर गाउँपालिका २ का वडाअध्यक्ष बसन्त कार्कीले जानकारी दिनुभयो । अहिले घर भत्किएर हराएका जगतबहादुर र गाडीका यात्रु बचाउन खोज्दा सम्पर्कविहीन भएका खड्काको खोजी भैरहेको छ ।

पहिराेका कारण १० मध्ये ९ वटा घर बस्नै नमिल्नेगरी क्षति भएका प्रहरीले जनाएको छ । अहिले प्रभावित ठाउँमा इलाका प्रहरी कार्यालय जिरी र मैनापोखरीको प्रहरी टोली पुगेको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया