ग्लोबल टी–२० को डेब्यू खेलमा साेमपाल विकेटविहीन

 साउन १९, २०७६ आइतबार ७:२५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

ग्लोबल टी–२० को डेब्यू खेलमा नेपाली बलर सोमपाल कामी विकेटविहीन बनेका छन् । इडमन्टन रोयल्स विरुद्धको खेलमा दुई ओभर बलिङ गरेको सोमपालको स्पेल निकै महंगो बन्यो ।

१०औं ओभरमा बलिङ गरेका सोमपालले १५ रन दिए । उनले एउटा छक्का खाएका थिए भने तीनवटा बल वाइड फाले । त्यसपछि १६औं ओभरमा सोमपाल १८ रन खान पुगे । यो ओभरमा उनले दुई छक्का र एक चौका खाए ।

खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विन्निपेग हक्सले २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।

विन्निपेगका लागि शैमान अनवरले ३५ बलमा ६२ रन बनाए भने जेपी डुमिनीले ४८ रन जोडे । त्यस्तै क्रिश लिनले ३३ न बनाए । सोमपाल कामीले पाँच बल खेलेर अविजित एक रन लिए ।

बलिङतर्फ शदाब खानले तीन विकेट लिँदा बेन कटिङले दुई विकेट हात पारे । १९६ रनको लक्ष्य इडमन्टन रोयल्सले १७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि अन्शुमन रठले उत्कृष्ट इनिङ खेले । ५० बल सामना गरेको रठले नौ चौका र चार छक्का प्रहार गरेका थिए । 

मोहम्म्द हफिजले पनि ३० बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ५५ रन बनाए । जेम्स निशमले अविजित २८ रन बनाए भने नभनित धलिवालले १९ रन जोडे ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया