कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत
बैशाख १३, २०८१ बिहिबार
दाङ – तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेलाई नेपाली कांग्रेसका कार्यकर्ताले 'टुरिस्ट मेयर' को संज्ञा दिँदै नाराबाजी गरेका छन् ।
उपमहानगरको गतिविधिभन्दा बढी समय विदेश र राजधानी केन्द्रित भएको आरोप लगाउँदै नेपाली कांग्रेस तुलसीपुर नगर कमिटिको आयोजनामा विरोध र्याली निकाल्दै नगरप्रमुखयरविरुद्ध मुर्दावादको नारा लगाइएको हो ।
अहिले नगरप्रमुख भारत भ्रमणमा हुनुहुन्छ । रामदेव बाबालाई भेट्न दलबलसहित नगरप्रमुख भारतमा सयर गरिरहेको र नगरको पैसा फजुलमा खर्च भएको आरोपसमेत कांग्रेस कार्यकर्ताहरुले लगाएका छन् ।
नगरपालिकाभित्र नै नगरप्रमुखविरुद्ध मुर्दावादको नारा लागेपछि अवस्थालाई साम्य पार्न धौधौ भएको थियो । 'टुरिस्ट मेयर मुर्दावाद, उपमहानगरभित्र सुशासन कायम गर, विदेश सयर हैन नगरको विकासमा ध्यान देऊ' भन्दै कांग्रेस कार्यकर्ताले बजार परिक्रमा गर्दै उपमहानगरको कार्यालयमा पुगेर नाराबाजी गरेका थिए । पूर्व सांसद गेहेन्द्र गिरीको अगुवाइमा विरोध कार्यक्रम भएको हो ।
सरकारले सुशासन प्रवर्द्धन गर्न नसकेको हुनाले तुलसीपुरमा प्रर्दशन गरेको नेपाली कांग्रेसले बताएको छ । दुई तिहाइ सरकारले जनताको ढाड सेकेको आरोप पनि कांग्रेसले लगाएको छ । दिनदहाडै सडकमा नागरिकहरुमाथि खुकुरी प्रहारको अवस्था आउँदासमेत नगर सरकारले शान्ति सुरक्षा दिन नसकेको आरोप कांग्रेसले लगाएको छ ।
नेपाली कांग्रेस तुलसीपुर नगरकमिटिको आयोजनामा गरिएको प्रर्दशनले बजारका विभिन्न टोलको परिक्रमापछि तुलसीपुर उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
कांग्रेसले नगर उपप्रमुख माया आचार्यलाई विभिन्न मागसहितको १२ बुँदे ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै उप प्रमुख माया आचार्यले मागहरु गम्भीर भएर हेर्ने बताउनु भयो ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।