लमजुङमा जीप दुर्घटना: एक जनाको ज्यान गयो

 साउन १९, २०७६ आइतबार १८:५१:५१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको दोर्दी गाउँपालिका–६, लाम्डाँडामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बा १८ च १०३८ नम्बरको जीप शनिबार राति साढे आठ बजे दुर्घटना हुँदा जीपमा रहेका सुन्दरबजार नगरपालिका–९, का ३८ वर्षीय रेशबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख तथा डीएसपी रविन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार गुरुङलाई जीपले च्यापिएको अवस्थामा फेला पारिएको हो । जीप दुर्घटनामा ज्यान गुमाएका गुरुङको शव पोस्टमार्टमका लागि जिल्ला सामुदायिक अस्पतालमा राखिएको डीएसपी गुरुङले बताउनुभयो ।

उहाँका अनुसार जीप सडकबाट झण्डै ३ सय मिटर तल खसेको थियो । चालकसहित जीपमा ३ जना रहेकोे उहाँले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका जीप चालक बाराका ३० वर्षीय दावा गोले तामाङ र जीपमा रहेका दोर्दी गाउँपालिका–६, का विजय गुरुङलाई प्रहरीले उद्धार गरी उपचारका लागि शनिबार राति नै अस्पताल पठाएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २६, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया