महिलाको गहना लुटपाट गरी हत्या गर्ने प्रयास

 साउन २१, २०७६ मंगलबार ७:३४:२३ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङमा एक जना महिलाको गहना लुटपाट गरी हत्याको प्रयास भएको छ । बझाङको थलारा गाँउपालिका– ५ हाट घर भएकी २२ वर्षीया विमला ओलीको परिचय नखुलेको एक समूहले गहना लुटपाट गरी ज्यान मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ । 

सोमबार बेलुका केदास्युँ गाँउपालिका –९ माइती घरबाट घर आउने क्रममा थलारा गाँउपालिका –३ को शिलाकोट भन्ने स्थानमा एक समूहले गहना र मोबाइल लुटेको र हत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयले दिएको जानकारी अनुसार ओलीको टिनको पाताले घाँटी रेटेर हत्याको प्रयास भएको थियो । उहाँको अवस्था गम्भीर रहेको छ । साथै उहाँकै साथमा रहनुभएकी १३ वर्षीया बहिनी सुलोचना ओलीमाथि पनि लुटेरा समूहले आक्रमण गरेका थिए । उहाँ पनि घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइते दुवैजनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । 

घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक इश्वरी दत्त पाण्डेको नेतृत्वमा प्रहरी टोली खटिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया