टरिगाउँ विमानस्थलबाट अब दैनिक दुई उडान

 साउन २१, २०७६ मंगलबार १७:४६:१६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - विमानस्थल बनेदेखl नै उडान अनियमित हुँदै आएको दाङको टरिगाउँ बिमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान गर्ने भएको छ । एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाण्डौका लागि नियमित दुई वटा विमानले उडान गर्नेछन् ।

यात्रुहरुको माग अत्यधिक भएकाले विमान अवतरण संख्या बढाउन लागिएको उहाँको भनाइ छ । यसअघि एउटा जहाजले मात्रै उडान गर्दैै आएको यस विमानस्थममा नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान गर्ने भएको हो ।

कुनै समय यात्रु नहुँदा विमान सञ्चालन हुन नसकेको यस विमानस्थला अहिले भने दैनिक दुईवटा उडान हुने भएका छन् । विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम पनि अन्तिम अवस्थामा पुगेको छ ।

६४ वर्षदेखि कहिले चल्ने र कहिले बन्द हुँदै गरेको टरीगाउँ विमानस्थल सञ्चालनका लागि लामो प्रयास भएको थियो । २०११ फागुन ११ मा परीक्षण उडान गरिएको विमानस्थल नियमित रूपमा चल्न नसक्दा यस क्षेत्रका बासिन्दालाई हवाई यात्रा गर्दा भैरहवा वा नेपालगन्ज जानुपर्ने बाध्यता थियो ।।

अन्तिम अपडेट: चैत १३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया