दुई वडा जाेड्ने तिला नदीकाे पुल भाँचिँदा सम्पर्क विच्छेद

 साउन २१, २०७६ मंगलबार १८:४३:२ | नेत्र शाही
unn.prixa.net

जुम्ला - कर्णाली राजमार्गबाट तातोपानी गाउँपालिका-४,पहिलेकाे हाँकु गाविस जोडिएको मुलबाटोको काठेपुल भाँचिँदा वडा नम्बर ४ र ५ बीच सम्पर्क टुटेको छ ।

तिला नदीमा वडा नम्बर ४ बाट कर्णाली राजमार्गतिर आउन जोडिएको पुरानो काठेपुल भाँचिएको र बाटो अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो । प्रजिअ बञ्जाडेका अनुसार पहिलेकाे हाँकु गाविस-हाल तातोपानी गाउँपालिका-४ र ५ जोडने मुलबाटोको काठे पुल तिला नदिले बगाएको हाे ।

पुलको भाँचिए पनि कुनै मानवीय क्षति नभएको प्रजिअ बञ्जाडेले जानकारी दिनुभयाे । जिल्ला प्रशासन कार्यालयका अनुसार त्यस क्षेत्रमा सुरक्षाकर्मी खटाइएको र त्यताबाट आवत जावत नगर्न सर्वसाधारणलाई सूचना जारी गरिएको छ ।

याे क्षेत्रमा तातोपानी गाउँपालिकाका पाँचवटा गाउँहरु हाँकु, नियापानी, पत्थेनी, गरीखोला र पाडेबाडा गाउँहरु पर्दछन् ।  गाउँपालिका र राजमार्गबीच सम्पर्क टुटेपछि समस्या भइरहेको तातोपानी गाउँपालिकाका नायब सुब्बा अंगराज डाँगीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया