वैदेशिक राेजगार पीडितले प्रमाण नहुँदा न्याय पाउन सकेनन्

 असार २६, २०७५ मंगलबार १६:५:५५ | रीतु थेबे
unn.prixa.net

काठमाडौं – वैदेशिक रोजगारीमा हुने ठगीमध्ये अधिकांश मुद्दामा प्रमाण नहुने पाइएको छ । मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)मा आएकामध्ये अधिकांश मुद्दामा प्रमाण नहुँदा पीडितले न्याय पाउन सकेनन् । 

केन्द्रिकृत न्याय प्रणाली, न्याय ढिला हुने, वैदेशिक रोजगार न्यायाधिकरणका फैसला कार्यान्वयनमा समस्या हुँदा पीडित थप पीडित बन्ने गरेका छन् । फ्रि भिसा फ्रि टिकट कार्यान्वन नहुँदा पनि वैदेशिक रोजगारीमा जाने युवा ठगिने क्रम बढेको छ । 

फोरमले चालु आर्थिक वर्षमा पाँच हजार ८२१ जनालाई निःशुल्क कानूनी सहायता दिएको थियो । तीमध्ये दुई हजार १३ जनालाई सुरक्षित आप्रवासन सामी परियोजनाको सहयोगमा निःशुल्क रुपमा कानूनी सहायता दिइएको हो । 

फोरमले वैदेशिक रोजगारीका क्रममा पीडित भएका १८ हजार ५६९ जनालाई निःशुल्क कानूनी सहायता दिइसकेको जनाएको छ । विभिन्न निकायबाट पीडितलाई ४५ करोड ३५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाइएको फोरमका सल्लाहकार अधिवक्ता सोम लुईंटेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार केन्द्रिकृत न्याय प्रणाली, न्याय ढिला हुने, वैदेशिक रोजगार न्यायाधिकरणका फैसला कार्यान्वयनमा समस्या हुँदा पीडित थप पीडित बन्ने गरेका छन् । आरोपी समयमा पक्राउ नपर्दा वैदेशिक रोजगारीलाई मर्यादित बनाउन चुनौति बढेको अधिवक्ता लुईंटेलको भनाई छ । फ्रि भिसा फ्रि टिकट कार्यान्वन नहुँदा पनि वैदेशिक रोजगारीमा जाने युवा ठगिने क्रम बढेको छ । 

ऐन कानुनमा सुधार भइरहेकाले त्यसलाई उपयोग गर्न सके वैदेशिक रोजगारीको क्षेत्रलाई सुधार गर्ने अवसर हुन सक्ने लुईंटेलले बताउनुभयो । अहिले वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जनको क्रममा छ । 

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई कार्यादेश प्रदान गरेको र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको वैदेशिक रोजगार सुधार सुझाव कार्यदललाई याे क्षेत्रकाे सुधारका लागि अवसरका रुपमा प्रयोग गर्नुपर्ने लुईंटेलले बताउनुभयो । व्यक्तिगत ३४ र संस्थागत अर्थात म्यानपावर कम्पनीविरुद्ध ६६ प्रतिशत ठगीका उजुरी परेका छन् । 

फोरममा परेका ठगीका उजुरी मध्ये मेडिकल फेल, पैसा लिई विदेश नपठाउने, भनेको काम र तलब नपाएको, विदेशमा अलपत्र परेका धेरै छन् । त्यस्तै, लामो समयसम्म शव नेपाल नपठाएको र संस्थागत कामको नाममा महिलालाई घरेलु काममा पठाउने गरेको ठगीका उजुरी पर्ने गरेको अधिवक्ता कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

रीतु थेबे

थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ । 

3 Comments

  • Doveurich

    July 15, 2018, 6:12 a.m.

    Can you! like something startup new? Take a look at this website. Only here the choice of wettest pussies for every will and completely free! They are obedient slaves, they will and want implement anything you command ! http://gov.shortcm.li/kings1#O71

  •  0 Reply
  • Get A Loan

    July 11, 2018, 5:20 p.m.

    personal loan agreement template <a href="https://cashnow.cars">loan servicing primelending</a> lender <a href=https://cashnow.cars>direct lender installment loans</a>

  •  0 Reply
  •  0 Reply

तपाईको प्रतिक्रिया