प्रदेश २ मा लोकसेवा विधेयक पारित, कर्मचारी भर्ना गर्न बाटो खुल्यो

 साउन २२, २०७६ बुधबार २०:२०:२५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - प्रदेश नम्बर २ को प्रदेश सभाले बुधबार लोकसेवा विधेयक सर्वसम्मतले पारित गरेसँगै प्रदेश २ लाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।

यस अघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरेपनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन ।

विधेयकमाथि नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवचन्द्र चौधरी र नेकपाका सदस्य गोविन्द न्यौपानेले राख्नुभएको जिज्ञासाको मुख्यमन्त्री लालबाबु राउतले जवाव दिनु भएपछि प्रदेश सभाले विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

कर्मचारी अभावका कारण सरकार प्रभावकारी रुपले काम गर्न नसकेकाे बताउँदै मुख्यमन्त्री राउतले विधेयक पारित भएपछि आफ्नै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन सहज बनाउने बताउनु भयो ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया