घरमै सुतिरहेका बेला सर्पले डसेर एकै परिवारका दुई बालिकाकाे ज्यान गयाे

 साउन २४, २०७६ शुक्रबार १३:५३:१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – राजपुर गाउँपालिका वडा नम्बर-७, भौवानामा विषालु सर्पको टोकाइबाट एकै परिवारका दुई बालिकाको ज्यान गएको छ । सर्पको टोकाइबाट भौवानाका शेरबहादुर सार्कीकी दुई छोरीको ज्यान गएको हो ।  

भौवानामा रहेको शिवशक्ति माध्यमिक विद्यालयको कक्षा सातमा अध्यनरत करिष्मा सार्की र कक्षा ५ मा अध्ययनरत सुजु सार्कीको सर्पले टोकाइबाट ज्यान गएको प्रधानाध्यापक लिलाधर विकले जानकारी दिनुभयो । 

भौगोलिक विकटता, बाटोको समस्या, सञ्चार र स्वास्थ्य सेवाको पहुँच नहुँदा दुई जना बालिकाको ज्यान गएको प्रधानाध्यापक विकले बताउनु भयो । घरमा सुतिरहेको बेला दुई जना बालिकालाई सर्पले डसेको हो ।

गएको वर्ष पनि शिवशक्ति माध्यामिक विद्यालयमा अध्यनरत कक्षा ९ की छात्राको पनि सर्पको टोकाइबाट घाइते भएपछि अस्पताल लैजाँदै गर्दा ज्यान गएको थियाे ।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया