टाटा नेक्सन नेपालको सबैभन्दा सुरक्षित कार कसरी?

 साउन २४, २०७६ शुक्रबार १४:४१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

सबैभन्दा सुरक्षित एसयूभी को रुपमा चर्चामा आएको टाटाको नेक्सन कसरी सुरक्षित छ ?

टाटा नेक्सन गाडी भनेको फाइभ स्टार सेफ्टि रेटिङ पाएको भारतमा उत्पादित एकमात्र गाडी हो । यो सेफ्टि रेटिङ बेलायती कम्पनी ग्लोबल एन क्यापले गर्छ । एन क्याप भनेको न्यू कार एसेसमेन्ट प्रोग्राम हो जसले नयाँ गाडीको भएको विभिन्न विशेषता र सुरक्षाका विषयको जाँच गर्छ । 

त्यो जाँचको क्रममा एन क्यापले नेक्सनलाई  अगाडि, पछाडि, दायाँबायाँबाट ठोक्काएर हेर्दा एन क्यापले राखेको १ देखि ५ सम्मको सेफ्टी रेटिङ नेक्सन ५ पाउन सफल एक मात्र कार हो । एन क्यापको सुरक्षाको हरेक मापदण्ड पूरा गरेको गाडी हो नेक्सन । र यो कुरा हामी दावाका साथ भन्छौँ ।

यी यस्ता विशेषताहरु भए पनि काठमाडौँको सडक बनावटलाई हेर्दा के नेक्सन  चलाउने चालक सुरक्षित हुन सक्छन् ? अरु के के छन् सुरक्षाका लागि बनाइएका विशेषताहरु ?

काठमाण्डाैको सडकको कुरा गर्दा  धेरै खाल्डाखुल्डीहरु छन्, बाहिरतिरको बाटोहरु त अझै बिग्रिएको छ । यस्तो बाटोमा गाडी चलाउन निकै गाह्रो छ र गाडी सुरक्षित पनि हुनुपर्छ । काठमाण्डौको खाल्डाखुल्डी र कच्ची बाटोमा सहज रुपमा चलाउनका लागि नेक्सनमा २०९ एम एम को ग्राउण्ड क्लियरेन्स छ । यसमा इबीडी सहितको एबीएस को व्यवस्था यसमा छ ।

एबीएस भनेको एन्टि लक ब्रेकिङ सिस्टम हो जसले ब्रेकको प्रयोग गर्दा गाडीलाई चिप्लन दिँदैन साथै यसमा चालक र सवार व्यक्तिको सुरक्षाको लागि दुइवटा एयर ब्यागको व्यवस्था छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको नेक्सन गुणस्तरीय रुपमा बनाइएको छ । यस्ता सुविधाकै कारण पनि कुनै पनि चालकले नेक्सनमा बस्नेबित्तिकै आफूलाई सुरक्षित महसुस गर्न सक्छन् ।

आमाको काखमा जसरी बच्चा सुरक्षित हुन्छ, त्यसैगरी नेक्सनमा चढ्दा तपाईँ सुरक्षित हुनुहुन्छ भनेर तपाईँहरुले गाडी सुरक्षित छ भनेर एउटा अभियान पनि सुरु गर्नुभएको छ । यसको सुरुवात कसरी भयो ?

हामीले नेक्सनको प्रमोसन गर्ने योजना बनाउँदा नेक्सनलाई चाहिँ टाटाको पहिचान बदल्ने एसयूभी को रुपमा सोचेका थियौ । तर जब एन क्याप सेफ्टि रेटिङमा नेक्सनले फाइभ स्टार पायो त्यसपछि हामीले हाम्रो प्रमोसनको योजनालाई परिवर्तन गरेर के तपाईँको गाडी सुरक्षित छ? भनेर एउटा अभियानको सुरुवात गरेको हौँ । 

यो अभियानको ग्राहकहरुमा कस्तो असर पाउनु भएको छ ? 

हाम्रो सधैँ नै प्रि कार लन्च सर्वे, लन्च भइसकेपछि र पोस्ट सर्वेजस्ता विभिन्न  सर्वेहरु भइराखेको हुन्छ । पोस्ट सर्वेबाट पाएको नतिजामा सबैले नेक्सनलाई सबैभन्दा सुरक्षित एसयूभीको रुपमा चिनिरहेको हामीले पाएका छौँ । यो अभियानबाट हामीले हाम्रा प्रतिस्पर्धीहरुले भन्दा राम्रो प्रतिक्रिया पाइरहेका छौ ।

यो सबै विशेषता भएको नेक्सनको बिक्री कस्तो छ ?

एकदमै राम्रो । टाटाको प्रोडक्टहरुमा सेडान, ह्याचब्याक, सीयूभी, एसयूभीजस्ता धेरै गाडीहरु छन् तर ती सबै गाडीहरुको तुलनामा नेक्सनको बिक्री निकै राम्रो छ । हामीलाई आम्दानी, मार्केट शेयरको हिसाबले सबैभन्दा योगदानको हिसाबले नेक्सनले सबै गाडीलाई उछिन सफल भएको छ । अहिले टाटालाई नेक्सनको कारणले मानिसले चिन्न थालेका छन् ।

एन क्यापले दिएको फाइभ स्टार सेफ्टी रेटिङ बाहेक नेक्सनमा अरु के के फिचरहरु छन् ?

यसमा २०९ एम एम को ग्राउन्ड क्लियरेन्स, इब‍ीडीसहितको एबीएस, दुइ वटा एयर ब्याग, सिटी, इकोनोमी र स्पाेर्ट ड्राइभ मोडसहितको मल्टि ड्राइभ छ । 
त्यसै गाडीभित्र रहेको म्यूजिक सिस्टम, अन्य विद्युतीय उपकरण चलाउनको लागि १४ इन्चको ड्यासबोर्डको टचस्कृन छ । लाइभ कन्सर्टको अनुभव दिनको लागि हर्मनको ८ वटा स्पिकर रहेको साउन्ड सिस्टम छ ।

मल्टि ड्राइभ मोडअन्तर्गतका  सिटी, इकोनोमी र स्र्पोट ड्राइभको प्रयोगमा के के फरक छ ?

मोडमा ड्राइभमा हामीले गाडीले दिने टर्क, पावर र माइलेजको कुरा गर्छाैँ । त्यसैले स्पोर्ट मोडमा टर्क र पावर उच्च हुन्छ र माइलेज कम हुन्छ । सिटी मोडमा मध्यम किसिमको माेडमा टर्क र पावर हुन्छ र माइलेज पनि मध्यम हुन्छ ।

इकोनोमी मोडमा उच्च माइलेज दिन्छ र त्यसै अनुसारको टर्क र पावरको प्रयोग हुन्छ । इकोनोमी मोडमा माइलेजको कुरा गर्दा ए आर ए मान्यताप्राप्त माइलेज गाडीले दिन्छ ।

सामान्य मानिसले गाडी किन्दा पछि बेच्दा  कति पैसा आउछँ र माइलेज कति दिन्छ भनेर बढि बुझेको पाइन्छ । नेक्सनको रि सेल भ्यालु र माइलेज चाहि कस्तो छ ?

नेक्सनको ए आर ए मान्यताअनुसार माइलेजको कुरा गर्ने हो भने एक लिटर पेट्रोलले २३.०४ किलोमिटर दिन्छ जुन निकै राम्रो मानिन्छ । रि सेल भ्यालुको कुरा गर्दा नेक्सन बजारमा आएको २ वर्ष जति भएकोले खास त्यस्तो सेकेन्ड ह्यान्ड मार्केटमा गइनसकेकोले त्यस्तो खबर त आएको छैन तर यसको पर्फमेन्सलाई  हेर्दा यसको रि सेल भ्यालु राम्रो हुन्छ 

टाटा नेक्सनको म"ल्य कति छ ?

टाटा नेक्सनको मूल्य ३५ लाख देखि ५५ लाखबाट सुरु हुन्छ ।          

तपाईले भनेको सबै कुरालाई मूल्यांकन गरेर टाटा मोटर्सले बचेको सबै कारमा नेक्सन नम्बर एक कार हो भन्दा हुन्छ ?

जवाफ– हुन्छ । नेक्सन हाम्रो नम्बर वान गाडी हो । हामीले हजार वटा नेक्सनको बिक्री गरिसकेको छौ । यो हिसाबले हेर्दा नेक्सन टाटा मोटर्सको नम्बर वान कार हो । र यसले हाम्रो नजिकको प्रतिस्पर्धीलाई पनि कडा टक्कर दिइरहेको छ । 

तपाईँहरुले सञ्चालन गर्नुभएको ‘के तपाईको कार सुरक्षित छ?’ लाई आधार मानेर कुनै ग्राहकले कार छान्दा केके कुरामा ध्यान दिनुपर्छ ?

सुरक्षित छ कि छैन भनेर बुझ्दा ग्राहकले सबैभन्दा पहिले त्यो कारकाे गुणस्तर हेर्नुपर्दछ । अनि कतै ठक्कर लाग्दा कारको बडी र च्यासिसमा प्रभाव पर्ने भएकोले त्यसको स्तर बुझ्नुपर्दछ । सुरक्षाका लागि के के विशेषताहरु छन् भनेर पनि जान्नुपर्छ । एयर छ कि छैन, छ भने कुन कम्पनीको छ ।

ब्रेकिङको सिस्टम के कस्तो छ, त्यो कुराहरुलाई बुझ्नुपर्छ । कुनै कार किन्नुभन्दा पहिले त्यो कारको विषयमा एन क्याप वा यस्तै संस्थाले गरेको रिभ्यू पढेर र राम्ररी बुझेर किन्नु उपयुक्त हुन्छ ।  

(टाटा माेटर्सकाे पब्लिक भेहिकल सेगमेण्टका सिनियर डेपुटी मार्केटिङ म्यानेजर प्रशन्न पन्तसँग रेडियो कार्यक्रम सडक र सवारीमा गरिएकाे कुराकानीमा आधारित । सडक र सवारी आइतबारदेखि शुक्रबारसम्म बिहान ९:१५ मा उज्यालो एफएम ९० मेगाहर्जमा सुन्न सकिन्छ )

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया