पाकिस्तानकाे प्रस्ताव संयुक्त राष्ट्र संघद्वारा अस्वीकार, कश्मीर मामिलामा तेस्राे पक्ष नराख्न सुझाव

 साउन २४, २०७६ शुक्रबार १७:१७:२२ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले भारत र पाकिस्तानबीच सन् १९७२ मा भएको ‘शिमला सम्झौता’ लाई उल्लेख गर्दै कश्मीर मामिलामा तेस्रो पक्षको मध्यस्थतालाई लिएर अस्वीकार गरेका छन् ।  

भारत सरकारले जम्मू कश्मीरको विशेष दर्जा हटाएपछि पाकिस्तानले राष्ट्रसंघका प्रमुख गुटेरससँग उचित भूमिका निर्वाह गर्नका लागि आग्रह गरेको थियो । तर संयुक्त राष्ट्रसंघले भने पाकिस्तानको आग्रहलाई अस्वीकार गरेको हो । 

पाकिस्तानले भारतको कदम एकपक्षीय र अवैध रहेको भन्दै कश्मीर विषयलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा लैजाने बताएको थियो । राष्ट्रसंघका प्रमुख गुटेरसका प्रवक्ता स्टिफन दुजारिकले पत्रकार सम्मेलनमा भने, ‘महासचिवले जम्मू-कश्मीरको स्थितिलाई गम्भीर नजरले हेरिरहेका छन् र उनले यसलाई संयमतापूवर्क हल गर्न अपिल गरेका छन् ।’

महासचिवले भारत र पाकिस्तानबीच सन् १९७२ मा भएको ‘शिमला सम्झौता’ को याद दिलाउँदै जम्मू-कश्मीर मामिलामा शान्तिपूर्ण तरिकाबाट उपाय खोज्न आग्रह गरेको प्रवक्ताले बताए । सन् १९७१ काे भारत-पाकिस्तानबीच युद्धपछि सन् १९७२ मा हिमाञ्चलकाे शिमलामा याे सम्झाैता भएकाे थियाे । याे सम्झाैतामा कश्मीरकाे विवादलाई दुई देश आपसमा बसेर शान्तिपूर्ण वार्ताका माध्यमबाट हल गर्ने उल्लेख गरिएकाे थियाे । पाकिस्तानले कश्मीर विवादलाई अन्तर्राष्ट्रिय मञ्चमा नउठाउने प्रतिबद्धता जनाएकाे थियाे । 

गएको बिहीबार पाकिस्तानी दूत मलिहा लोधीले धारा ३७० हटाउने भारतको फैसलापछि महासचिवसँग आफ्नो उचित भूमिका निर्वाह गर्नका लागि आग्रह गरेका थिए । 

महासचिवले कश्मीरको विषयमा भारत र पाकिस्तानबीच मध्यस्थतालाई लिएर केही भनेका छैनन् । महासचिवले तेस्रो पक्षले मध्यस्थता निर्वाह गर्दा जम्मू कश्मीरको स्थिति प्रभावित हुनसक्ने बताएका छन् । 

अमेरिकाले पनि कश्मीरको विषयमा आफ्नो नीतिमा कुनै परिवर्तन नआएको र भारत र पाकिस्तानले शान्ति र संयममतापूर्वक समस्याको हल खोज्नुपर्ने बताएको छ ।

अमेरिकी विदेश मन्त्रायलका प्रवक्ता मोर्गन ओर्टागसले कश्मीर नीतिमा अमेरिकाको कुनै परिवर्तन आएको छ ? भनेर प्रश्न गरेका थिए । अमेरिकाले जम्मू कश्मीरको स्थितिलाई लिएर अमेरिकाले नजिकबाट नियालिरहेको बताएका छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया