यूएईमा ज्यान गुमाएका स्याङ्जाका मधुसुदनको शव नेपाल पठाइयो

 साउन २४, २०७६ शुक्रबार १७:५२:२ | उज्यालो सहकर्मी

यूएई – यूएईमा ज्यान गुमाएका स्याङ्जा चापकोट ८ का ४४ वर्षीय मधुसुधन पाण्डेको शव नेपाल पठाइएको छ ।

गएको आइतबार हृदयघातका कारण ज्यान गुमाएका पाण्डेको शव बुधबार नेपाल पठाइएको एउटै कम्पनीमा कार्यरत पाल्पाली समाज यूएईका बेदप्रसाद अर्यालले बताउनुभयो ।

९ वर्ष पहिले यूएई आएका पाण्डे लुलु हाईपरमार्केट अल किसेश शाखामा ट्रली सुपरभाइजरको रुपमा काम गर्नुहुन्थ्यो ।

शनिबार साँझ कम्पनीको काम सकेर कोठमा फर्किएपछि खाना खाएर सुत्दा एक्कासी पाण्डेले असजिलो महशुस गरेपछि साथीले अस्पताल पुर्‍याएका थिए । अस्पताल लगेको आधा घण्टामै उहाँको ज्यान गएको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया