भोजपुर : पहिरोमा आफन्त गुमाएका परिवारलाई एक–एक लाख

 साउन २५, २०७६ शनिबार ८:४८:१० | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – पहिरोमा ज्यान गुमाएका परिवारले प्रतिमृतक एक लाख पाउने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति भोजपुरको बैठकले प्रतिमृतक एक लाख दिने निर्णय गरेको हो ।

गएको असार २६ गतेबाट परेको वर्षाका कारण पहिरोमा ज्यान गुमाएका मृतक ५ जनाका परिवारलाई एक–एक लाख उपलब्ध गराउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताउनुभयो ।

त्यस्तै, बैठकले प्रदेश १ सरकारले मृतकका लागि उपलब्ध गराउने दुई लाख र घाइतेका लागि उपचार खर्च माग गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । पहिरोमा परि भोजपुरमा पाँच जनाको ज्यान गएको थियो । 

वर्षापछिको पहिरोमा परेर रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङका स्थानीय कुमार राईकी ३५ वर्षीय श्रीमती मन कुमारी राई १७ वर्षीय छोरा शिवकुमार राई, १५ वर्षीय छोरा शक्तिकुमार राई र सोहि गाँउपािलका वडा नम्बर ७ बासिखोराका जगत बहादुर राई र टेम्केमैयुङ गाउँपालिका–९, लेर्खकका १४ वर्षीय जनक विकको ज्यान गएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया