बंगलाचुली गाउँपालिकाको गाडीमा आगजनी

 साउन २६, २०७६ आइतबार ७:५५:२८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिकाको गाडीमा आगजनी भएको छ । गाउँपालिका  अध्यक्ष चढ्ने गाडीमा शनिबार राति नचिनेको मानिसको समूहले आगजनी गरेको हो ।

आगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । गाडीमा लागेको आगो इलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले निभाएको थियो ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ५ को कार्यालय, मुर्कुटीमा पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको हो ।

शनिबार राति कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गाडीमा समेत नचिनेका मानिसको समूहले आगजनी गरेका छन् । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया