गाजामा राहत सामग्री पुर्याउनका लागि अनुमति दिन इजरायललाई र...
चैत १६, २०८० शुक्रबार
मकवानपुर - प्रदेश नम्बर ३ को उद्योग, पर्यटन्, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५–०७६ मा एक अर्ब ७३ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
यसमध्ये सबैभन्दा वढी राजस्व वन क्षेत्रबाट संकलन भएको छ । प्रदेशका १३ जिल्लाबाट वन क्षेत्रबाट प्रदेश सरकारले ७८ करोड भन्दा बडी राजस्व संकलनगर्न सफल भएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीका निजी सचिव नवराज पुडासैनीले जानकारी दिनुभयो ।
यसैगरी समूह कोष तर्फ ६५ करोड २१ लख रुपैयाँ राजस्व संकलन गरिएको छ । सरकारी सञ्चित कोषमा १३ करोड ६३ लाख र उद्योग क्षेत्रमा १५ करोड ६७लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको उहाँले बताउनुभयो ।
मन्त्रालयले चालु आर्थिक वर्षमा राजस्वलाई अझै बढाउने लक्ष राखेको छ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।