अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
स्याङ्जा – चापाकोट नगरपालिका वडा नम्बर ५ को ज्याग्दी खोलामा माछालाई थापेको जालमा बेरिएर दुई जनाको ज्यान गएको छ ।
ज्याग्दी खोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको ज्यान गएको हो । निरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा नीरबहादुर पनि जालमा बेरिएको चापाकोट नगरपालिकाका सल्लाहकार विश्वास पुरीले जानकारी दिनुभयो ।
मृतकहरुको शवलाई पोष्टमर्टमका लागि वालिङ लगिएको प्रहरीले जनाएको छ ।
कसरी भयो घटना ?
चापाकोट नगरपालिका वडा नम्बर ४ मा रहेको राम मन्दिर माविमा पढाएर सोमबार अपरान्ह साढे चार बजेतिर निरबहादुर राना घर आइपुग्नु हुन्छ । उहाँको दुई जना साथीहरु वीरबहादुर र बमबहादुर आलेसँग भेट हुन्छ । सधैँजसो माछा मार्न जाने सल्लाहपछि साँझ ५ बजेतिर उनीहरु ज्याग्दी खोलातिर लाग्छन् ।
माछा मार्ने क्रममा वीरबहादुरले फालेको जालले उहाँलाई नै बेर्छ र उहाँ खोलामा डुब्नु हुन्छ । नजिकै रहनु भएका निरबहादुर आफ्नो जाल फालेर वीरबहादुरलाई बचाउन खोलामा पस्नु हुन्छ तर उहाँलाई पनि जालले बेर्छ र दुवै जनालाई बगाएर कौडे रहमा पुर्याउँछ ।
जाल भारी तथा उचाल्नसमेत कठिन हुने हुँदा उनीहरुले आफूहरुलाई बेरेको जाललाई पन्छाउन सक्तैनन् र माछालाई हानेको जालले उनीहरु दुवै जनाको ज्यान लिन्छ । साँझको समयमा छुट्टै माछा मारिरहनु भएका बमबहादुरले यो घटना देखेपछि उद्धारको लागि हारगुहार गर्नुभयो ।
तर जालमा परेका दुवै जनाको शरीरबाट जाल पन्छाएर बाहिर निकाल्दा उनीहरुकोे ज्यान गैसकेको हुन्छ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।