पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज
बैशाख १३, २०८१ बिहिबार
धादिङ – धादिङमा भएको जीप दुर्घटनामा परि १४ जना घाइते भएका छन् ।
मंगलबार धादिङबेसीबाट मैदीतर्फ जाँदै गरेको जीप ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ अमराईमा दुर्घटनामा परेको थियो । बजारबाट गाउँतर्फ घर फर्कँदै गरेका मानिस दुर्घटनामा परेका हुन् ।
बा १३ च ५२३० नम्बरको जीप उकालो चढ्न नसकी पछाडि हटेर पल्टिँदा भएको दुर्घटनामा एउटै गाउँका १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
गम्भीर घाइते भएका ज्वालामुखी गाउँपालिका वडा नम्बर २ की २८ वर्षीया लक्ष्मी श्रेष्ठ, ४० वर्षीय बिरबहादुर मगराती, ३५ वर्षीया बलमाया रानामगर र ५७ वर्षीय लोकबहादुर सामरीलाई थप उपचारका लागि काठमाण्डौमा रहेको ट्रमा सेन्टरमा पठाइएको छ । जिल्ला अस्पताल धादिङमा १० जना घाइतेको उपचार भइरहेको छ ।
चार जनाको सिट क्षमता भएको निजी नम्बर प्लेटको बोलेरो जीपमा १८ जना यात्रु चढेका थिए । निजी नम्बरको सवारीमा खचाखच यात्रुसहित सामानसमेत हालेर उकालो बाटो जाँदा गाडी पछाडि हटेको घाइते यात्रु पौषप्रसाद तिवारीले बताउनुभयो ।
उकालो बाटोमा गेयर बदल्ने क्रममा जीप पछाडि हटेको र सडक छेउको धारोसमेत भत्काएर पल्टिएको थियो ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।