अर्घाखाँचीको छत्रदेव र पाणिनी गाउँपालिकाले जनैपूर्णिमाका दिन  सार्वजनिक बिदा दिने

 साउन २९, २०७६ बुधबार १७:२७:४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – छत्रदेव गाउँपालिकाले स्थानीय सरकारको  अधिकार कार्यन्वयन गर्दै रक्षाबन्धनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ  ।

हिन्दूहरुको महान पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो । 

त्यस्तै अर्घाखाँचीकाे पाणिनी गाउँपालिकाले पनि बिहीबार जनैपूर्णिमाका दिन बिदा दिने निर्णय गरेकाे अध्यक्ष अच्युत गाैतमले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: चैत २३, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया