नेकपाका प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम प्रहार

 साउन ३१, २०७६ शुक्रबार ७:३०:१६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – नेकपा प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा बिहीबार राति नचिनेका मान्छेको समूहले बम प्रहार गरेको छ । प्रहरीका अनुसार रुपन्देहीको सैनामैना ७ रामापुर कलौनीमा रहेको ढकालको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको हो । 

ढकाल सुत्ने कोठा, बुवाआमा सुत्ने कोठा र उहाँले प्रयोग गर्ने गरेको लु १ ज ४५६ नम्बरको गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ । घरमा पत्नी, आमा, बुवा रहेको बेला बम प्रहार भएको हो ।

प्रदेश ५ का नेकपाका प्रमुख सचेतक ढकाल भने काठमाण्डौको मेडिसिटी अस्पतालमा गएको चार दिनदेखि उपचाररत हुनुहुन्छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले बताएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया