विवादित कश्मीर क्षेत्रमा भारतीय सेनाले आफ्नो एक जना सैनिक मारेको पाकिस्तानी सेनाको दाबी

 साउन ३१, २०७६ शुक्रबार १४:३४:२२ | एजेन्सी
unn.prixa.net

विवादित कश्मीर क्षेत्रको नियन्त्रण रेखा (एलओसी) मा भारतीय सेनाले आफ्नो एक जना सैनिकको हत्या गरेको पाकिस्तानी सेनाले बताएको छ ।  योसँगै २४ घण्टाभित्र ६ सैनिकको ज्यान गएको छ । 

बिहीबार पाकिस्तानले विवादित क्षेत्रमा सीमापारि आगो लागेपछि कम्तीमा तीन जना आफ्ना सैनिक र पाँच जना भारतीय सैनिक मारिएको बताएको थियो । योसँगै आफ्ना तर्फका दुई जना नागरिकहरु मारिएको पाकिस्तानले भनेको थियो । 

शुक्रबार ट्वीट गर्दै पाकिस्तानी आर्मीका प्रवक्ता जनरल असिफ गफूरले भने, ‘माटोका फेरि अर्का बहादुर छोराले आफ्नो ज्यान गुमाएका छन् ।’ 

भारतीय सेनाका प्रवक्ताले भने पाकिस्तानी प्रवक्ताको बयान गलत भएको बताएका छन् । ‘कुनै हताहत भएको छैन, यो दाबी गलत हो’, उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताए । 

पाकिस्तानी सेनाले कश्मीर क्षेत्रको नियन्त्रण रेखा (एलओसी) मा संघर्षविरामको उल्लंघन गरेको भारतीय सेनाले बताएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया