गाडीमा सम्बन्धित कम्पनीले निकालेकाे आधिकारिक पार्टपुर्जा नै किन प्रयाेग गर्नुपर्छ?

 साउन ३१, २०७६ शुक्रबार १७:७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

सवारी साधनको सुरक्षा प्रणालीलाई कसरी बुझ्न सकिन्छ ?

सडक दुर्घटना कम गर्न सवारी साधनको पार्टपुर्जाको मर्मत सम्भारको महत्वपूर्ण भूमिका रहन्छ, तर नेपालको सन्दर्भमा पार्टस् र सुरक्षामा खासै ध्यान दिइएको पाइँदैन । 

सडक सुरक्षाका लागि समयमै सवारी साधनको पार्टपुर्जाको अवस्था जाँच गरेर आवश्यक परेका पार्टपुर्जा परिवर्तन गरिहाल्नु पर्छ । त्यसका लागि सम्बन्धित कम्पनीले निकालेको आधिकारिक र सक्कली पार्टपुर्जा नै प्रयोग गर्नुपर्छ । 

किनभने जुन कम्पनीको गाडी हो त्यही कम्पनीलाई मात्र कुन गाडीमा कुन किसिमको, कुन क्षमताको पार्टपुर्जा आवश्यक पर्छ भन्ने थाहा हुन्छ । पार्टस् मात्र बनाउने कम्पनीलाई यसबारे जानकारी हुँदैन । त्यसैले सम्बन्धित कम्पनीभन्दा बाहिरको अनाधिकारिक पार्टपुर्जा कमसल पर्नसक्ने हुनाले सवारी साधनलाई दीर्घकालीन असर गरिरहेको हुन्छ । 

म्पनी आफैले निकालेको आधिकारिक र सक्कली पार्टपुर्जा तुलनात्मक रुपमा महँगो पर्छ भन्ने धेरैको गुनासो छ नि?

ग्राहकले नबुझेर हो महँगो भन्ने । वास्तवमा महँगो हुँदैन किनभने कुनै पनि कम्पनीले गाडी बनाउँछ भने पहिला गाडी सफल होस्, ग्राहकले फर्की फर्की आफ्नै गाडी किनोस् भन्ने कुरामा ध्यान केन्द्रित गर्छ । त्यही कुरालाई मध्यनजर गरेर पार्टपुर्जाको बिक्री वितरण सुरु गरिन्छ । 

पार्टपुर्जाको मूल्य निर्धारण सामानको गुणस्तरको आधारमा गरिन्छ । सुरुमा महँगो परेको जस्तो लागे पनि धेरै टिकाउ हुने हुनाले ग्राहकलाई महँगो परेको हुँदैन । एउटा कमसल पार्टपुर्जा राख्यो भने त्यसले अरु राम्रा पार्टपुर्जालाई पनि असर गर्छ । त्यसैले सुरुमा महँगो जस्तो लागे पनि दीर्घकालका लागि यो राम्रो हुन आउँछ । एउटा गाडीको अगाडिदेखि पछाडिसम्म एक लाख वटा पार्टपुर्जा हुन्छ, र त्यो गाडीको सम्पूर्ण पार्टपुर्जाको रेञ्ज कम्पनीले मात्र उपलव्ध गराउन सक्छ । 

सडक सुरक्षाका लागि आफ्नो गाडीको पार्टपुर्जा परिवर्तनमा पछिल्लो समय ग्राहकहरु कत्तिको सचेत भएको पाउनुभएको छ ? 

सम्बन्धित कम्पनीको पार्टपुर्जा खरिदबारे ग्राहकहरु सचेत हुने क्रम दिनदिनै बढिरहेको छ । गाडीमा समस्या भएपछि आफुलाई घाटा हुने भएकाले पनि यसमा सचेतना बढेको हुनसक्छ । अर्को कुरा कमसल पार्टपुर्जाका कारण गाडीको लोड क्षमता कम भएर व्यवसायका लागि प्रयोग भएका सवारी साधन प्रतिस्पर्धामा जान नसक्ने भएकाले पनि सम्बन्धित कम्पनीको पार्टपुर्जाको प्रयोग बढेको छ ।

ग्राहकले असल र कमसल पार्टपुर्जा हो भनेर कसरी चिन्ने ?

आँखाले हेरेर वा हातले छोएर पार्टपुर्जाको बारेमा कसैलाई थाहा हुँदैन । गाडी बनाउने कम्पनीलाई मात्र उसको गाडीको लागि आवश्यक मापदण्ड पूरा गरेका पार्टपुर्जा कस्तो हुन्छ भन्ने कुरा थाहा हुन्छ, त्यसैले न्भलगष्लभ क्उबचभ एबचतक नै प्रगोग गर्नुपर्छ । 

सिप्रदीको टाटा मोटर्सको कुरा गर्ने हो भने टाटा मोटर्सले कम्पनीले निकालेको पार्टपुर्जाका लागि मुल्य तोकिदिएको छ ।अनाधिकारिक पार्टपुर्जामा बजार मूल्य हुँदैन आधिकारिक र सक्कली पार्टपुर्जाकाे आधिकारिक मूल्य ताेकिएकाे हुन्छ ।

दुर्घटना कम गर्न गाडीको पार्टपुर्जाबाहेक अरु के कुरामा ध्यान दिनु जरुरी छ ?

गाडीको टायरमा पनि ध्यान दिनुपर्छ तर नेपालमा यसको अभ्यास छैन । टायर कुन अवस्थामा छ, फेर्नुपर्ने बेला भयो कि भएन जस्ता कुरा जाँच गर्ने कुनै सरकारी निकाय छैन । ग्राहकले पनि ध्यान दिएको पाइँदैन, जहिलेसम्म चल्छ चलाइराखौँ भन्ने मानसिकता छ ।

तर प्रायजसो दुर्घटना टायर कै कारणले भएको देखिन्छ । टायर पुरानो भएपछि खिइएर ब्रेक नलाग्ने, पड्किने  जस्ता समस्या आउँछ  जसले दुर्घटना निम्त्याउँछ । 

समग्रमा नेपालमा सुरक्षित विशेषता भएका टायर आयात भएको पाइँदैन । गुणस्तरीय टायर धेरै कम संख्यामा छन् । सुरक्षाकै कुरा गर्ने हो भने मिसिलिन टायरको प्रयोग गर्न मेरो सुझाव छ । किनभने सुरक्षा मिसिलिन टायरको पहिलो प्राथमिकता हो । अथवा टायर परिवर्तन गर्दा ग्रिप भएको, छिटो ब्रेक लाग्ने खालको टायर किन्न म सबैलाई सल्लाह दिन्छु 

(सिप्रदी अटोपार्ट्स प्रा लिका महाप्रबन्धक तथा अपरेशन हेड युवराज बुढाथोकीसँग रेडियो कार्यक्रम सडक र सवारीमा गरिएकाे कुराकानीमा आधारित । सडक र सवारी आइतबारदेखि शुक्रबारसम्म बिहान ९:१५ मा उज्यालो एफएम ९० मेगाहर्जमा सुन्न सकिन्छ )

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया