तिब्बती शरणार्थीलाई नागरिकता सिफारिस गरेकाे आरोपमा वडाध्यक्षसहित ३ जना पक्राउ

 साउन ३१, २०७६ शुक्रबार १७:५७:५८ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापा पक्राउ परेका छन् ।

तिब्बती शरणार्थीलाई नेपाली नागरिकता उपलब्ध गराउन सिफारिस गरेको र सहयोग गरेको आरोपमा वडाध्यक्ष रणबहादुर थापासहित तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष थापासहित वडा सदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरी प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसअघि यो प्रकरणमा ८ जना पक्राउ परिसकेका छन् । उनीहरुमाथि अनुसन्धान चलिरहेका बेला वडाध्यक्षसहित ३ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । थापालाई थुनामा राख्ने अनुमतिका लागि कास्की अदालत लगिएको छ ।

पोखरा–१८ सराङ्कोटका लेखबहादुर थापाले तिब्बती शरणार्थीसँग बिहे गरेकी छोरीका छोरीहरुलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएको आरोप रहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया