रोल्पामा विद्यालयको जीप दुर्घटनाः १ जनाको मृत्यु, १३ जना घाइते

 साउन ३१, २०७६ शुक्रबार १८:३८:४१ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रुन्टीगढी गाउँपालिका २ राम्लीमा शुक्रबार जीप दुुर्घटना हुँदा एक जना बालिकाको ज्यान गएको छ भने अन्य १३ जना घाइते भएका छन् ।

रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ को सैवाङमा रहेको सनराइज बोर्डिङ स्कुलको लु १ ज १२६७ नम्बरको जीप विद्यार्थी लिएर फर्कने क्रममा दुर्घटना भएको थियो । रुन्टीगढी गाउँपालिका वडा नम्बर २ को दारेढुङ्मा दुुर्घटना हुँदा रुन्टीगढी–२ की ६ वर्षीया बालिका सञ्जिता बस्नेतको ज्यान गएको हो । 

सञ्जिताको घटनास्थलमै ज्यान गएको र घाइते भएका १३ जना विद्यार्थीहरुको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

वर्षाका कारण उकालोमा चिप्लिएर ब्याक हुँदा जीप सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । घाइतेहरुको अवस्था खतरामुक्त रहेको र चालक फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया