भारतीय क्रिकेट टिमकाे प्रशिक्षककाे दाैडबाट बाहिरिए फिल सिमन्स

 साउन ३१, २०७६ शुक्रबार १८:३४:४५ | एजेन्सी
unn.prixa.net

भारतीय टिमको प्रशिक्षक पदको शर्ट लिस्टमा परेका वेस्ट इण्डिजका पूर्व प्रशिक्षक फिल सिमन्सले आफ्नो नाम फिर्ता लिएका छन् ।

उनीसहित बीसीसीआईले ६ जनाको नाम सार्वजनिक गरेको थियो । उनीहरुको आज अन्तरवार्ता हुँदै छ र सम्भवतः राति सम्ममा भारतीय टिमको नयाँ प्रशिक्षकको नाम घोषणा हुने छ ।

नयाँ प्रशिक्षकको कार्यकाल २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकपसम्म हुने छ । तर सिमन्सले वर्तमान प्रशिक्षक रवि शास्त्री नै अगाडि रहेको थाहा पाएपछि उनले आफ्नो नाम फिर्ता लिएको हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले आंकलन गरेका छन् ।

त्यस बाहेक न्यूजिल्याण्डका पूर्व प्रशिक्षक माइक हसन, अस्ट्रेलियाका पूर्व खेलाडी तथा श्रीलंकाका प्रशिक्षक टम मूडी, भारतीय टिमका पूर्व म्यानेजर लाचन्द राजपूत र भारतकै पूर्व फिल्डिङ प्रशिक्षक रविन सिंंह भारतीय क्रिकेटकाे नयाँ प्रशिक्षककाे दाैडमा छन् ।

पूर्व भारतीय टिमका कप्तान कपिल देवको अध्यक्षतामा रहेको तीन सदस्यीय कमिटीले आवेदन दिएकाहरुलाई अन्तर्वार्ता लिइरहेका छन् । सिमन्स आईसीसी विश्वकप २०१९ मा अफगानिस्तानको टिमका प्रशिक्षक रहेका थिए । अफगानिस्तान विश्वकपमा पुछारमा रहँदै आउट भएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया