शेयर बजारको ओरालो यात्रा रोकिएन, आज साढे १९ अङ्कले घट्यो
बैशाख ६, २०८१ बिहिबार
डिफेन्डिङ च्याम्पियन बायर्न म्यूनिख जर्मन बुण्डेस लिगाको पहिलो खेलमा बराबरीमा रोकिएको छ । रोबर्ट लेवान्दोस्कीले दुई गोल गर्दा हर्थाविरुद्ध बायर्नले गुमाइसकेको अंक खोस्न सफल भएको हो ।
बायर्नको मैदान एलिनाज एरेनामा भएको खेलमा रोबर्ट लेवान्दोस्कीले २४औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा डोडी लुकेबाकियोले गोल गर्दै हर्थालाई खेलमा फर्काए ।
त्यसको दुई मिनेटपछि मार्को ग्रुजीले गोल गर्दै पहिलो हाफअघि हर्थालाई २–१ को अग्रता दिलाए ।
६०औं मिनेटमा बायर्नले पेनाल्टी पायो । त्याे पेनाल्टीलाई लेवान्दोस्कीले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्याए । त्यही गोलका कारण बायर्नले सिजनको सुरुवातमा सान्त्वना नतिजा ल्यान सफल भयो ।