म्यानचेस्टर सिटीसँग टोटनह्याम अंक खोस्न सफल

 भदौ १, २०७६ आइतबार ७:१७:० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रिमियर लिग अन्तर्गत शनिबार भएको बिग म्याचमा म्यानचेस्टर सिटी र टोटनह्यामले अंक बाँढेका छन् । सिटीको मैदानमा भएको खेलमा टोटनह्यामले घरेलु टिमसँग एक अंक खोस्न सफल भएको हो ।

सिटीको मैदान इथियाद स्टेडियममा भएको खेलमा सिटीले दुई पटक लिएको अग्रतामा टोटनह्याम खेलमा फर्किएको थियो ।

खेलको २०औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि इरिक लामेलाले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए ।

३५औं मिनेटमा सजियो अगुएरोले गोल गरेपछि सिटीले पहिलो हाफमा २–१ को अग्रता कायम राख्यो ।

५६औं मिनटमा लुकास मोउराले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए । दोस्रो हाफमा ह्यारी विङ्क्सको स्थानमा मैदान प्रवेश गरेको एक मिनेट पनि बित्न नपाउँदै मोउराले गोल गरेका थिए ।

इन्ज्यूरी समयको अन्तिम समयमा ग्याब्रियल जेससले गोल गरेका थिए । तर, त्यसलाई भीएआरले गोलको मान्यता नदिएपछि सिटीका खेलाडी तथा समर्थक निराश बनेका थिए ।


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया