धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

 भदौ १, २०७६ आइतबार ८:२३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

गोरखा – गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २० वर्षीय याकुव परियारले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

शनिबार राति १० बजेतिर श्रीमती पूजा परियारमाथि खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

परियार मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए । उनले औषधि सेवन गर्न छोडेको एक महिना भएको र यसैबीचमा घटना भएको प्रहरीले जनाएको छ । 

परियारलाई प्रहरीले राति नै पक्राउ गरेको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया